सलमानको खुलासा– निकसँग विवाह गर्न प्रियंकाले छोडिन् ‘भारत’

Agency

सलमान खान अभिनित फिल्म ‘भारत’ ५ जुन मुस्लीमहरूको ठूलो चाँड ईदको दिन रिलिज हुँदैछ। फिल्मको मुख्य भूमिका कुमुदको रोलमा कटरिना कैफ छिन्। सुरुमा यो रोलका लागि प्रियंका चोपडालाई प्रपोज गरिएको थियो।

तर, अन्तिम समयमा आएर उनले अस्विकार गरेकी थिइन। अभिनेता सलमानका अनुसार प्रियंका आफैले कुमुदको रोलका लागि प्रस्ताव राखेकी थिइन्।
फिल्म प्रमोशनका क्रममा सलमानले भने, ‘उनले यो रोलका लागि निकै इच्छा देखाएकी थिइन। प्रियंका २० दिन भारतमा थिइन र आफैले फोन गरेकी थिइन।’

तर, श्रीमान निक एक्कासी भारत आएपछि प्रियंकाले फिल्म छोडेर विवाह गर्ने योजना बनाएको सलमानले बताए। उनले भने, ‘प्रियंकाले मलाई सोधेकी थिइन। निकले विवाहको प्रस्ताव राखेका छन्। त्यसैले फिल्ममा दिनुपर्ने समयलाई लिएर अफ्ठेरो पर्ने हो कि?’

यतिबेला आफूले उनलाई विवाह गर्ने सल्लाह दिएको र दुई–चार दिन कुर्ने बताएको सलमानले जानकारी दिए।

‘प्रियंका कामप्रति लक्षित अभिनेत्री हुन्। विवाहका लागि एउटा ठूलो चलचित्र छोड्ने हिम्मत गर्नु चानचुने कुरा होइन। यसका लागि ठूलो साहस चाहिन्छ,’ सलमानले भने, ‘उनलाई जे ठिक लाग्यो त्यही गरिन्। कटरिनाले यो फिल्ममा काम गर्ने मौका पाइन्, जुन उनी यसको हकदार पनि हुन्।’

प्रकाशित मिति: : 2019-05-27 06:50:04

प्रतिकृया दिनुहोस्