शनिबार, १२ जुलाई २०२५

क्यान्सर पीडित सोनाली लामो समयपछि देखा परिन्

News Image
Agency
• • •

अभिनेत्री सोनाली बेन्द्रेको नयाँ तस्वीर सार्वजनिक भएको छ। मुम्बईको क्रोमाका सैलुनबाट बाहिरिदै गर्दाको फोटो सार्वजनिक भएपछि उनलाई फलो गर्नेको संख्या बढ्न थालेको हो। 

केही समय अगाडि क्यान्सरबाट पीडित भएकी सोनाली एकाएक सार्वजनिक जीवनबाट हराएकी थिइन।

नीलो रंगको टिसर्ट र कालो रंगको ट्राउजरमा देखा परेकी उनी निकै खुसी देखिन्थिन। उनको अनुहारमा क्रान्ति देखिन्थ्यो।

Agency

उनको अनुहार हेर्दा उनी क्यान्सरबाट पूर्ण रुपमा स्वास्थ्य भएर पुरानै अवस्थामा फर्किएको प्रष्ट देख्न सकिन्छ।

सोनालीले क्यान्सरको उपचार अमेरिकाको न्युयोर्कमा गरेकी थिइन। उनले आफैले यसको जानकारी दिँदै भनेकी थिइन– ‘मलाई हाई–ग्रेड क्यान्सर छ।’ उनले विषम परिस्थितिमा पनि आफूसँग रहने परिवारका सदस्य, साथीभाई र समर्थकलाई धन्यबाद भनेकी छिन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?