महेश भट्टले गरे मोदीको विरोध

तस्बिरः एजेन्सी

भारतका चर्चित निर्माता–निर्देशक महेश भट्टले सोशल मिडियामा ‘टाइम म्यागजिन’ मा छापिएको एउटा लेख ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र उनको नीतिको विरोध गरेका छन्।

उनी सुरु देखि नै मोदी र उनको विचारधाराको खुलेर विरोध गर्ने निर्मातामा पर्छन्। वामपन्थी विचारधारा राख्ने एकजना पत्रकारले ‘टाइम म्यागजिन’ मा मोदीको विरोध गर्दै लेख प्रकाशित गरेका थिए।

लेखको शिर्षक थियो, ‘यस्तो निर्वाचन, जसका कारण करौडौं मानिस भयभीत छन्।’ लेखमा भीडद्धारा गौरक्षकको नाममा व्यक्तिको हत्या र ध्रुवीकरणको प्रयत्नका कारण ठूलो समुदाय आफ्नो भविष्यलाई लिएर चिन्तित छ।

यही लेखमा ट्वीट गर्दै भट्टले लेखेका छन्, ‘ऐसे दस्तुर को, ऐसे बेनूर को, मै नही मानता, मै नही जानता, नरेन्द्र मोदी ने हिन्दु राष्ट्रवादियो के विचारोको बढावा दिया हैं और यह दूसरे कार्यकाल मे और मजबूत होगा।’

सोशल मिडियामा उनको ट्वीटको विरोध हुन थालेको छ। भट्ट अहिले सडक–२ को निमार्णमा जुटेका छन्। यो फिल्ममा पुजा भट्ट, आलिया भट्ट, सञ्जय दत्त र आदित्य रोय कपुरको महत्वपूर्ण भूमिका छ।

महेश भट्ट बेलाबेलामा विवादास्पद बयान दिएर चर्चामा आइरहन्छन्।

प्रकाशित मिति: : 2019-05-26 18:07:09

प्रतिकृया दिनुहोस्