‘टाइट’ लुगामा हलिउड अभिनेत्रीलाई पर्यो फसाद, पार्टीमै बेहोस

Agency

७२ औं कान्स फिल्म फेस्टिवलमा आफ्नै पहिरनका कारण अफ्ठेरोमा परेको हलिउड अभिनेत्री एली फेनिङले सार्वजनिक गरेकी छिन्। 

कान्समा भाग लिन दुई साताअघि फ्रान्स पुगेकी अमेरिकी अभिनेत्री एली आफूले लगाएको ‘टाइट’ लुगाका कारण डिनर पार्टीमै बेहोस भएकी थिइन।

आफ्नो सोशल साइट इन्स्टाग्राममा यो घटना सार्वजनिक गर्दै उनले भनेकी छिन्, ‘राती पार्टीमा म १९५० प्राडा प्रोम ड्रेस लगाएर पुगेकी थिए। जसका कारण बेहोस भए। अहिले सबै ठिक छ।’

एली बेहोस हुँदा पार्टीमा धेरै सेलिब्रिटीको जमघट थियो। बेलायती अभिनेत्री कोलिन फर्थ घटना लगत्तै एली नजिक पुगेकी थिइन। एलीले मेडिकल सहयोग नपाउँदासम्म उनी घटनास्थलमा बसिरहिन।

एलीलाई ज्युरी सदस्यको रुपमा कान्स आयोजकले निम्तो गरेका थिए। उनी नौं फिल्म उद्योगसँग जोडिएको दिग्गज प्यानलमा समावेश थिइन।

प्रकाशित मिति: : 2019-05-26 09:29:13

प्रतिकृया दिनुहोस्