मोदीको बायोपिकले पहिलो दिन कमायो करिब ३ करोड रुपैयाँ

Agency

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी’ले पहिलो दिन २ करोड ८८ लाख भारतीय रुपैयाँ आम्दानी गरेको अखबारहरूले जनाएका छन्।

फिल्म २४ मेमा रिलिज भएको थियो। भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचन अगाडि यो फिल्म रिलिज गर्ने प्रयास गरिएको थियो। तर, निर्वाचन आचारसंहिता लागु भएका कारण फिल्म रिलिजमा रोक लगाइयो।

समीक्षकहरूले फिल्मले पहिलो दिन औषत व्यापार गरेको बताएका छन्। तर, यो साताभित्र राम्रो कमाइ गर्न सक्ने आशा गरिएको छ।

ओमंग कुमारद्धारा निर्देशित फिल्ममा विवेक ओबरायले प्रधानमन्त्री मोदीको अभिनय गरेका छन्। फिल्ममा मोदीको राजनीतिक जीवनलाई दर्शाइएको छ। विवेक ९ भिन्न अवतारमा देखिएका छन्।

यस फिल्ममा बमन इरानी (रतन टाटा), मनोज जोशी (अमित शाह), किशोरी शहाणे (इन्दिरा गान्धी), जरिना वहाब (हिराबेन मोदी– नरेन्द्र मोदीकी आमा) र बर्खा बिष्ट सेनगुप्ता (जसोदाबेन–मोदीको श्रीमति) को भूमिकामा छन्।

फिल्मलाई २३ भिन्न भाषामा डब गर्ने योजना रहेको छ।

प्रकाशित मिति: : 2019-05-26 07:56:06

प्रतिकृया दिनुहोस्