करणको कोठामा शाहरुख र गौरीको फोटो

Agency

बलिउडका स्टार निर्माता–निर्देशक करण जौहर २५ मे (आज) आफ्नो ४७ औं जन्मदिन मनाउँदै छन्। ‘दिल्वाले दुलहनिया ले जाएगे’ बाट अभिनयको सुरुवात गरेका करणलाई त्यही बेला शाहरुख खानले निर्देशन गर्ने सल्लाह दिएका थिए। 

शाहरुखकै सल्लाहपछि करणले ‘कुछ कुछ होता हे’ फिलमको निमार्ण गरेका थिए। यो फिल्मबाट उनले ७ वटा फिल्म फेयर अवार्ड जिते।

बलिउडका यिनै स्टार निर्माता–निर्देशकसँग जोडिएको एउटा रोचक तथ्य छ। उनको कोठामा अहिले पनि शाहरुख खान र श्रीमति गौरी खानको फोटो छ। करणले एउटा कार्यक्रममा भनेका थिए–शाहरुख र गौरी उनको परिवारको मुख्य सदस्य हुन्। गौरीलाई उनी खुब मान्छन्।

गौरीले जसरी परिवारलाई जोडेर राखेकी छिन् र जसरी शाहरुखले काम र परिवारबीच सन्तुलन बनाएका छन्, त्यो सबै गौरीका कारण सम्भव भएको करणको भनाई छ।
करणको कोठामा उनको बुवा–आमासहित शाहरुख र गौरीको फोटो छ।

प्रकाशित मिति: : 2019-05-25 13:46:53

प्रतिकृया दिनुहोस्