शनिबार, १२ जुलाई २०२५

कृति सननले भनिन्–टाइगरका लागि मेरो मुटुमा ‘सुपर सफ्ट कर्नर’ छ

News Image
NDTV
• • •

अभिनेत्री कृति सननले बलिउडमा पाँच वर्ष पुरा गरेकी छिन्। सन् २०१४ मा ‘रोमान्टिक थ्रिलर’ हिरोपन्थीबाट डेब्यु गरेकी सननले यस अवसरमा आफ्नो सह–कलाकारसँग आफू सधै मुटुदेखि जोडिएको बताएकी छिन्। 

सननले टाइगर श्राँफसँग डेब्यु गरेकी थिइन्। शुक्रबार आफ्नो फिल्मी करिअरले पाँच वर्ष पुरा गरेको उपलक्ष्यमा उनले टाइगरप्रति आफ्नो ‘सफ्ट कर्नर’ रहेको बताएकी छिन्।

उनले ट्वीट गर्दै भनिन्, ‘उसको मिहिनत, अनुशाषन र कामप्रतिको लगाव देखेर मैले पहिले नै अनुभव गरिसकेकी थिए,उसले दर्शकलाई आकर्षित गर्नेछ। तिम्रो लागि मेरो मुटुमा सधै ‘सुपर सफ्ट कर्नर’ रहनेछ, टाइगी! तिमीले राम्रो काम गरेको देखेर मलाई निकै खुसी लाग्छ।’

२८ वर्षीय सननले ‘हिरोपन्थी–२’ का लागि टाइगरलाई अग्रिम बधाई दिएकी छिन्।

सनन हाल ‘पानीपत’ को सुटिङमा व्यस्त छिन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?