शनिबार, १२ जुलाई २०२५

बर्मिज गायिका सोइ बनिन् भिक्षुणी नुन

News Image
शरीरको सुन्दरता हैन मनको सुन्दरता ..... वुद्धम् शरणम् गच्छामी ! तस्बिर: एजेन्सी
• • •

म्यानमारकी चर्चित बर्मिज गायिका सोइ प्याइ थाजिन भिक्षुणी बनेकी छन्। 

चर्चित मोडेलसमेत रहेकी सोइले सुन्दरता सधैं एक नाश नरहने भएकाले आफू साधारण जीवनमा फर्किएको बताइन्।

उनले बीबीसीसँग कुरा गर्दै भनिन्- 'पैसा सबै चीज होइन, सुन्दरता पनि चीर स्थायी रहँदैन। त्‍यतिमात्रै होइन नाम र पद पनि लामो समय रहँदैन। त्‍यसकारण म साधारण भिक्षुणी बनेर जीवन जिउन चाहन्छु।’

भिक्षुणी भइसकेपछि नुन नाम पाएकी उनले आफू बुद्धको अनुयायी बनेको बताएकी छिन्। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?