रेड कार्पेटमा 'लालपरी'

लालपरी प्रियंका : हेराइ आ-आफ्नो, रोजाइ आ-आफ्नो। तस्विर सौजन्य: प्रियंका कार्की

भनाइ नै छ- रातो राम्रो गुलियो मिठो बैंस छँदा खेरी।अग्रज लोकगायक कुमार बस्नेतले गाएको कुनै बेलाको यो लोकप्रिय गीत हिजोआज त्यति बज्दैन। तर, नबजेर के भयो र ? आजका युवा युवतीलाई राम्ररी थाहा छँदैछ- बैंसमा रातै राम्रो।

नेपाली अभिनेत्री प्रियंका कार्की यतिबेला पेरिसमा छिन्।यसै पनि पेरिस, संसारकै फेसन राजधानी मानिन्छ त्यसमाथि पनि कान्स फिल्म फेस्टिबल चलिरहेको बेला त पेरिसको ढ्ंगा माटो पनि फेन्सी हुन्छ भनिन्छ। । 

उमेर धेरै नखाएर पनि देश खाएर शेष भएकी प्रियंकालाई फेसन स्टेटमेन्टका बारेमा सम्झाइरहनै पर्दैन।त्यसैले त उनी यतिबेला रेडकार्पेट पनि रातैले नापिरहेकी छिन्। उनलाई यो पनि राम्ररी थाहा छ कि उनको शरीरको कुन भागलाई कुन एंगल राख्यो भने ग्लामर्स देखिन्छ। 

पेज थ्री जर्नालिज्मअन्तर्गत हामीले पनि तीनै साइडका तस्विर राखिदिएका छौं। हेराइ आ-आफ्नो, रोजाइ आ-आफ्नो।

 

प्रकाशित मिति: : 2019-05-25 07:21:45

प्रतिकृया दिनुहोस्