चरीकी प्रेमिका खुश्वुलाई तीन महिना जेल सजाय

डन दिनेश चरीको इन्काउन्टरका बेला उनकी प्रेमिकाका रूपमा चर्चामा आएकी खुश्बु ओली फेरि एकपटक चर्चामा आएकी छिन्। दुबै चर्चामा समानता छ,पहिला जस्तै यसपटक पनि उनी राम्रो चर्चामा आएकी छैनन्। 

यसपटक उनी चेक बाउन्सको मुद्दामा दोषी ठहरिएकी छिन् र उनलाई ३ महिना कैद सजाय र ३ हजार रुपैयाँ जरिवाना भएको छ। साथै बाउन्स भएको चेकको रकम ३६ लाख पनि उनले तिर्नुपर्ने भएको छ। 

खुश्वुको नाममा यो आदेश जिल्ला अदालत काठमाडौंले न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले दिएको हो। 

खुश्बुले सप्तरीका गोपालबहादुर कट्वाललाई दिएको ३६ लाख रुपैयाँको चेक बाउन्स भएपछि उनले भुक्तानीको माग गर्दै मुद्दा दायर गरेका थिए। कटुवालसँग खुश्वुले घर जग्गा खरिदका लागि पैसा लिएको बताइएको छ। 

सन् २००६ मा मिस टिन भएकी सुन्दरी खुश्वुमा अनेक सम्भावनाहरू थिए।उनी समाजका किशोर किशोरीका लागि रोल मोडल बन्न सक्थिन तर बिचमा डनको पैसामा मोज उडाउने बाटोमा लागिन्। उनका प्रेमिका दिनेश अधिकारी उर्फ चरी डन प्रहरी इन्काउन्टरमा मारिदा उनी उनको प्रेमिका रूपमा प्रकट भइन्। 


त्यसपछि आश्रय नेपाल नामक संस्थाबाट समाजसेवा गरिरहेको बताउने उनी बेलाबेलामा केही न केही हर्कत गरिरहेकै हुन्छिन्। त्यही श्रृंखलामा उनी यसपटक चेक बाउन्स गर्ने आथिक अपराधकर्ममा लिप्त रहेको प्रमाणित भयो। 

प्रकाशित मिति: : 2019-05-22 02:52:03

प्रतिकृया दिनुहोस्