पाकिस्तान सुपर लिगको एउटा टिममा १६ देखि अधिकतम १८ खेलाडी हुनु पर्ने नियम रहेको छ।
त्यसमध्ये प्लाटिनम, डायमण्ड, गोल्डबाट समान ३/३ जना, सिल्भर क्याटेगरीबाट ५ जना, २ जना इमर्जिंग क्याटेगरीबाट तथा २ जना सप्प्लिमेन्त्ट्रिबाट ( अप्सनल ) राख्नु पर्छ।
सबै टिमहरुले पहिलो ९ खेलाडी छनोट गर्दा ३ जना विदेशी खेलाडी छनोट गर्नुपर्नेछ। १६ जनाको टिममा ५ जना विदेशी खेलाडी तथा ११ जना लोकल खेलाडी हुनु पर्नेछ भने १८ जनाको टिम भए ६ विदेशी र १२ लोकल खेलाडी राख्नु पर्नेछ।
कुन क्याटेगरीको खेलाडीको कति मुल्य ?
सन्दिप लामिछाने रहेको प्लाटिनम क्याटेगरीको खेलाडीको मूल्य ड्राफ्टमा सबै भन्दा उच्च रहेको छ। यदी सन्दिप छनोट भए १ लाख ६० हजार देखि २ लाख ५० हजार डलरसम्म पाउनेछन्।
सन्दिप बाहेक अन्य नेपाली खेलाडीहरु रहेको सिल्भर क्याटेगरीको खेलाडीको मूल्य २४ हजार डलर देखि ४० हजार डलर रहेको छ।
पीएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स गरि ६ टिम रहेका छन्। गत सिजन लिगको उपाधि क्वेटा ग्ल्याडीएटर्सले जितेको थियो।
पाकिस्तान सुपर लिगको पुरा सिजन यो पटक पाकिस्तानमै आयोजना गर्ने बताईएको छ। यस अघि अधिकांश खेलहरु युएईमा खेलिन्थ्यो भने अन्तिम खेलहरु पाकिस्तानमा गर्ने गरिएको थियो।
पीएसएलको ड्राफ्ट यही महिना हुनेछ।