चाइनिज ताइपेइको पोष्टमा कुवेतको ९ गोल

फाइल तस्बिर

फिफा विश्वकप छनोटमा कुवेतले चाइनिज ताइपेइमाथि फराकिलो जित निकालेको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा कुवेतले चाईनीच ताईपेलाई ९–० गोल अन्तरले हराएको हो ।

समूह चरणको पहिलो खेलमा नेपाललाई ७–० गोल अन्तरले हराएको कुवेतले ताईपेविरुद्व गोल वर्षा गर्दै सहज जित निकालेको हो।

कुवेतको जितमा युसेफ नासेर अल सुलैमानले दुई गोल तथा फहाद अल अन्सारी, मुबारक अल फनेनी, बादेर अल मुतुवा, सविव अलखल्दी, फैसल अल हर्वी, सविव अल खाईदी र फासल अल अजेमीले एक-एक गोल गरे ।

कुवेतले एक गोल आत्मघाति उपहार पायो ताईपेका चेन वेई चुअनले आत्माघाति गोल गरेका थिए ।

ताईपेइमाथि प्रभावशाली जितसँगै कुवेत समूह बीको दोस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै कुवेतले समूह बीबाट सन् २०२३ एसिया कपको तेस्रो चरण छनोटको सम्भावना बलियो बनाएको छ ।

यस्तै, बिहीबार रातिनै यही समूहको अर्को खेलमा अष्ट्रेलेयाले जोर्डनविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्यो । अडाम टागर्टले १३ औं मिनेटमा गरेको गोल अष्ट्रेलियाको जितका लागि पर्याप्त बन्यो ।

जितसँगै अष्ट्रेलियाले शीर्ष स्थानमा रहदै अघिल्लो चरण जाने सम्भावना बलियो बनाएको छ ।

समूह बीमा सहभागी ५ टिमले पहिलो चरणको ४ खेल खेलेका छन्। शतप्रतिशत जित निकालेको अष्ट्रेलिया १२ अंक सहित शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान ७-७  अंक छ । गोल अन्तरका आधारमा कुवेत दोस्रो स्थानमा रहेको हो ।

चौथो स्थानमा रहेको नेपालको ३ अंक छ। अंक विहिन ताईपे पुछारमा छ।

आगामी मंसिर ३ गते नेपालले आफ्नो पहिलो होम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। खेल भुटानको चाम्लिमिथाङ रंगशालामा हुनेछ ।

प्रकाशित मिति: : 2019-11-15 22:28:03

प्रतिकृया दिनुहोस्