इमर्जिङ एसिया कपमा भारतको सहज जित, नेपाल ७ विकेटले पराजित

पवन सर्राफ

बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कपमा भारतले विजयी सुरूवात गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीमाथि ७ विकेटको सहज जित निकालेको भारतले उपाधिको दाबेदारी प्रस्तुत गरेको छ।

नेपालले दिएको १ सय ९४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो। भारतको जितमा सनबीर सिंह र अर्मान जाफरले अर्धसतकीय इनिङ्स खेले।

सनबिरले ७३ बलमा ४ चौका सहित ५६ रन बनाउँदा अर्मान जाफरले ७७ बल खेल्दै १ चौका र १ छक्का सहित ५१ रनमा अविजित रहे।

तेस्रो विकेटको लागि सनबीर र अरमानले ९७ रनको अविजित साझेदारी गर्दै सहज जित पक्का गरेका थिए।

यसअघि ओपनर तथा कप्तान बी आर शरथ ४९ बलमा ४९ रन बनाउँदै आउट भएका थिए।

अर्का ओपनर अर्यान जुरेलले २९ रन बनाउँनुअघि पहिलो विकेटका लागि शरथसँग ७४ रनको साझेदारी गरेका थिए।

नेपालका लागि करण केसी, सुसन भारी र ललित नारायाण राजवंशीले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर सबै विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो।

नेपालका लागि पवन सरार्फले सर्वाधिक ५६ रन बनाएका थिए। यस्तै शरद भेसवाकरले ४४ रन बनाए। उनले ७६ बलमा समान १ चौका र छक्का प्रहार गरे ।

यसै खेलबाट नेपाली टोलीमा डेब्यू गरेका ओपनर कुशल भुर्तेलले ६० बलमा ४ चौका सहित २८ रन जोडे।

दोस्रो विकेटका लागि शरदले कुशल भुर्तेलसँग ५४ रनको साझेदारी गरेका थिए।

उप कप्तान दीपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुनुअघि ३१ बलमा ३ चौका प्रहार गरे ।

चौथो विकेटका लागि शरद र दीपेन्द्रले ४४ रनको साझेदारी गरेका थिए।

पहिलो ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए ।

आरिफ शेखले २ रन, विनोद भण्डारी ५, सोमपाल कामी २ रनमा आउट भए। करण केसीले १६ बलमा समान १ चौका र छक्का सहित २० रनको योगदान दिए।

भारतका लागि सौरभ दुबेले ४ विकेट लिए । यश राठोडले ३ तथा पार्थ रेखाडे २ र सिद्धार्थ देसाईले १ विकेट हात पारेका थिए।

प्रकाशित मिति: : 2019-11-14 16:32:27

प्रतिकृया दिनुहोस्