वेष्ट इन्डिजका ब्याट्सम्यान निकोलस पुरनलाई अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले प्रतिबन्ध लगाएको छ। अफगानिस्तानविरूद्ध तेस्रो एकदिवसीय खेलमा निकोलसले बल ‘ट्याम्परिङ’ गरेका थिए।
आइसिसीले पुरनमाथि बलको ‘शेप’ बिगारेको आरोपमा दोषी मानेको छ। उनलाई ४ खेलमा प्रतिबन्ध लगाइएको छ।
आइसिसीले उनलाई कोर्ड अफ कन्डक्टको लेभल–३ को अनुशाषन तोडेको बताएको छ। अफगानिस्तानविरूद्ध भारतको लखनउस्थित अटलबिहारी बाजपेयी स्टेडियममा पुरनले बल बिगारेका थिए। उनले बल बिगारेको फुटेज क्यामरामा कैद भएको थियो।
भिडियोमा पुरनले बललाई नङले कोतारिरहेको फुटेज प्राप्त भएको थियो। आइसिसीले प्रतिबन्ध लगाएपछि पुरनले अघिल्लो तीन टि–२० र एक टेस्ट गुमाउने छन्।
पुरनले पनि आफूमाथि लागेको आरोप स्विकार गरेका छन्।