नेपाल र एमसीसी भिड्दै, ज्ञानेन्द्रको कप्तानीमा पारस पनि मैदान उत्रिने

फाइल तस्बिर

नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको पुरानो मेरिलेबोन क्रिकेट क्लब एमसीसीले आज (सोमबार) दोस्रो खेल खेल्दैछ ।

एमसीसीले नेपाल भ्रमणको दोस्रो एक दिवसीय खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिमविरुद्व खेल्न लागेको हो । खेल टीयू क्रिकेट मैदानमा ०९ः१५ मिनेटबाट सुरु हुनेछ । पहिलो खेलमा एमसीसीले नेपालको यू–१९ टिमलाई ३८ रनले हराएको थियो ।

आजको खेलमा नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् । केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले मल्लको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो । पूर्वकप्तान पारस पनि यो खेलमा खेल्दैछन् ।

बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनवसीय फष्र्ट क्लास क्रिकेट खेल हुनेछ । त्यस्तै, सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले एसीसीसँग कात्तिक २३ गते शनिबार टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: : 2019-11-04 08:22:22

प्रतिकृया दिनुहोस्