टि–२० मा रोहितले पछाडि छोडे विराटलाई

Agency

विश्राममा रहेका भारतीय कप्तान विराट कोहलीको टि–२० मा सर्वाधिक रन बनाउने कीर्तिमानलाई रोहित शर्माले उछिनेका छन्। बंगलादेशविरूद्ध आइतबार राती भएको खेलमा भारत रोहितकै कप्तानीमा मैदानमा उत्रिएको थियो। 

यद्यपि भारतले पहिलो खेल ७ विकेटले गुमायो। रोहितले ९ रन मात्र बनाउन सके। तर, उनले विराटले टि–२० मा बनाएको २ हजार ४ सय ५० को सर्वाधिक रनको कीर्तिमानलाई पछाडि छोडे।

रोहितले ९९ टि–२० मा २ हजार ४ सय ५२ रन पुरा गरेका छन्। रोहितले पूर्व कप्तान महेन्द्रसिंह धोनीको सर्वाधिक टि–२० खेल्ने कीर्तिमान पनि भंग गरेका छन्। धोनीले ९८ टि–२० खेलेका थिए।

उनले पाकिस्तानका साहिद आफ्रिदीको ९९ टि–२० खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन्। सबैभन्दा बढी टि–२० खेल्ने कीर्तिमान पाकिस्तानका सोएब मलिकको नाममा छ। सोएबले १ सय ११ टि–२० खेलेका छन्।

प्रकाशित मिति: : 2019-11-04 07:29:20

प्रतिकृया दिनुहोस्