पाँचौ पटक जोकोभिकले जिते पेरिस मास्टर्सको उपाधि

तस्बिरः एजेन्सी

विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिकले क्यानडाका डेनिस शापोभालोपलाई पराजित गर्दै पेरिस मास्टर्स टेनिसको उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा जोकोभिकले शापोभालोपलाई ६–३ र ६–४ को सेटमा पराजित गरे । यो सँगै जोकोभिकले पाँचौ पटक पेरिस मास्टर्सको उपाधि जित्न सफल भएका छन् ।

यसअघि जोकोभिकले सेमिफाइनलमा ग्रिगोर दिमित्रोभलाई हराएका थिए ।

यता,शापोभालोप भने दोस्रो वरियताका स्पेनिस खेलाडी राफायल नाडालले चोटका कारण नाम फिर्ता लिएपछि फाइनल पुगेका हुन् ।

प्रकाशित मिति: : 2019-11-03 22:45:23

प्रतिकृया दिनुहोस्