मेसीलाई पछि पार्दै लेवान्डोस्कीले बनाए उच्च गोलकर्ताको कीर्तिमान

तस्बिरः एजेन्सी

रोबर्ट लेवान्डोस्कीले जर्मन बुण्डेस लिगामा कीर्तिमानी गोल गरेका छन् । उनी बुण्डेस लिगमा सिजनका सुरुका ९ खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

सिजनको नवौँ खेल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले युनियन बर्लिनलाई २–१ ले पराजित गरेको हो । यो खेलमा दोस्रो हाफको सुरु तिर लेवान्डोस्कीले बार्यनका लागि गोल गरेका हुन् ।

योसँगै लेवान्डोस्की युरोपका कल्बहरुमा २०१९ को सिजनमा धेरै गोल गर्ने खेलाडीको सूचिमा समेत परेका छन् । उनले युरोपेली कल्बका लागि २०१९ को सिजनमा २५ गोल गरेका छन् । त्यस्तै धेरै गोल गर्नेको दोस्रो स्थानमा बार्सिलोनाका लिओनल मेसी छन् ।उनले २३ गोल गरेका छन् ।

यो सूचिमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्ट्राईकर केलियन एमबाप्पे तेस्रो स्थानमा रहेका छन् । उनले २२ गोल गरेका छन् ।

त्यस्तै रियल मड्रिडका करिम बेन्जिमा २१ गोलका साथ चौथो स्थानमा रहेका छन् ।पाँचौ नम्बरमा लेष्टर सिटीका स्टाइकर जेमी भर्डी रहेका छन् । उनले २१ गोल गरेका छन् ।

प्रकाशित मिति: : 2019-10-27 11:40:21

प्रतिकृया दिनुहोस्