पाँच राष्ट्र सम्मिलत टी–२० शृङ्खला: ६४ रनमा समेटियो नेपाल

फाइल तस्बिर

पाँच राष्ट्र सम्मिलत टी–२० शृङ्खलामा आयोजक ओमानबिरुद्ध नेपाल मात्र ६४ रनमा अलआउट हुन पुगेको छ । ओमानविरुद्व पहिले ब्याटिङ गरेको नेपाल ११ औ ओभरमा अलआउट हुदै ६४ रन बनाएको छ ।

नेपालका लागि दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सक्यो ।आरिफ शेखले सर्वाधिक २० रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ११ रन जोडे ।

ओमानका लागि अमिर कालिमले ५ विकेट लिए भने बिलाल खानले २ विकेट लिए ।

हालसम्म तीन खेल खेलेको नेपालले २ मा जीत र एकमा हारको सामना गरेको छ । हङकङ र नेदरल्याण्डलाई पराजित गरेको नेपाल आयरल्याण्डसँग पराजित हुन पुगेको थियो ।

प्रकाशित मिति: : 2019-10-10 16:54:57

प्रतिकृया दिनुहोस्