विश्वकप छनोट : नेपाल ४-० ले पछाडि

तस्बिरः एजेन्सी

विश्वकप छनोट अन्तर्गतको समूहको चरणको तेस्रो खेलमा नेपालले अहिले अष्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

अष्ट्रेलियाको क्यानबेरामा जारी खेलको ७८ औं मिनेट सकिदा नेपाल ४–० ले पछाडि परेको छ ।


अष्ट्रेलियाका लागि जेमी म्याक्लारेन र ह्यारी सुटरले समान दुईदुई गोल गरे ।

कमजोर टिम नेपालविरुद्ध अष्ट्रेलियाले खेलको छैटौं मिनेटमा म्याक्लारेनको गोलबाट अग्रता बनाएको थियो । खेलको १९ औं मिनेटमा म्याक्लारेनले व्यक्तिगत दोस्रो गोल गर्दै अष्ट्रेलियालाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको २४ औं मिनेटमा सुटरले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

पहिलो हाफ ३–० ले पछाडि परेको नेपालले दोस्रो हाफको ५९ औं मिनेटमा अर्को गोल खायो ।अष्ट्रेलियाका लागि चौथो गोल पुनःसुटरले गरे ।

 

प्रकाशित मिति: : 2019-10-10 16:22:40

प्रतिकृया दिनुहोस्