अस्ट्रेलियाविरुद्ध नेपालकाे टिम, नवयुग र विमल बेञ्चमा

बिएल

विश्व कप छनाेटअर्न्तगत बुधबार सुरु हुन लागेकाे अस्ट्रेलियाविरुद्धकाे खेलमा नेपाल ३–५–२ काे फर्म्याटमा उत्रिने भएकाे छ। स्वीडिस प्रशिक्षक याेहान काेलिनले दिनेश राजवंशी, अनन्त तामाङ र देवेन्द्र तामाङलाई डिफेन्सकाे जिम्मा दिएका छन्। मिडमा राेहित चन्द, रविशंकर पासवान, सुजल श्रेष्ठ, अन्जन बिष्ट र विशाल राई छन्।

फरर्वाडमा रन्जीत धिमाल र अविषेक रिजाल समावेश छन्। गाेलकिपर किरण चेम्जाेङकाे कप्तानीमा मैदानमा उत्रिने नेपाली खेलाडीमा नवयुग श्रेष्ठ र विमल घर्तीमगरलाई बेञ्चमा राखिएकाे छ।   

प्रकाशित मिति: : 2019-10-10 14:59:29

प्रतिकृया दिनुहोस्