विश्व कप छनाेट: नेपाल–अस्ट्रेलिया फुटबल खेलकाे ५ हजार नेपालीले टिकट किने

बिएल

एसियाकाे निकै बलियाे मानिएकाे अस्ट्रेलियासँग विश्व कप फुटबलकाे छनाेट खेल खेल्न लागेकाे नेपालले एसियाकाे महारथीसँग खेल्न पाउनु नै ठूलाे कुरा बताएकाे छ। नेपाली टिमका प्रशिक्षक याेहान कालिनले अस्ट्रेलियाविरुद्ध खेल्न पाउनु आफ्नाे टिमका लागि राम्राे एक्सपाेजर भएकाे बताएका छन्। 

विश्व कप छनाेटका लागि एक साताअघि नै सिड्नी पुगेकाे नेपाली टाेलीसँग शुक्रबार भएकाे साक्षात्कारमा काेलिनले अस्ट्रेलियाविरुद्ध राम्राे फुटबल पस्किने टाेलीकाे याेजना रहेकाे बताए। विश्व फुटबलमा नेपालभन्दा अस्ट्रेलिया धेरै बलियाे मानिन्छ। कङ्गारुले सन् २००६ देखि नियमित विश्व कप फुटबल खेल्दै आइरहेकाे छ। 

अस्ट्रेलियाकाे वातावरणसँग नेपाली खेलाडी घुलमिल हुन भनेर एनआरएन अस्ट्रेलियाले एक साताअघि नै नेपाली टिमलाई सिड्नी बाेलाएकाे थियाे। यसले खेल सुधार्ने र टिम सेटिङमा भूमिका खेल्ने आशा गरिएकाे छ। 

एनआरएन अस्ट्रेलियाका अनुसार क्यानबेरामा हुने खेलका लागि ५ हजार नेपालीले टिकट किनिसकेका छन्। टिम कप्तान किरण चेम्जोङले आफ्नाे उद्धेश्य राम्रो खेल्ने र सबै समर्थकलाई खुसी तुल्याउने रहेकाे बताएका छन्। नेपालकाे खेल १० तारिखमा हुँदैछ। यसअघि नेपालले कुवेतसँग ७–० ले हार र चाइनिज ताइपेईलाई २–० ले जित निकालेकाे छ। अस्ट्रेलियाविरुद्धकाे खेलमा नतिजा के निस्किने हाे? सबैका लागि काैतुहलताकाे विषय बनेकाे छ। 

प्रकाशित मिति: : 2019-10-05 08:03:00

प्रतिकृया दिनुहोस्