अमेरिकामा बालिका बलात्कार गर्ने एक खेलाडीलाई १२ वर्ष जेल सजाय

Agency

वेष्ट भर्जिनियाका पूर्व एनएफएल खेलाडी जस्टिन क्राफोर्डलाई एक बालिकामाथि बलात्कार गरेको आरोपमा १२ वर्षको जेल सजाय भएको छ।

क्रोफोर्ड गत अक्टुबरमा समातिएका थिए, जब १२ वर्षीय एक बालिकाले आफ्नो आमालाई घटनाको बिस्तृत बताएकी थिइन। उनी सुतिरहेको बेला क्राफोर्ड कोठाभित्र प्रवेश गरेको र बलपूर्वक ‘ओरल सेक्स’ गर्न लगाएको। यसपछि बलात्कार गरेको बताएकी थिइन।

घटनापछि क्राफोर्डकी श्रीमति चाकेयाले ती बालिकालाई ५ बजे बिहान उनको आमा कहाँ पुर्याएको बताइएको छ। क्राफोर्डले आफूबाट कुनै गल्ती नभएको प्रहरीलाई बयान दिएका थिए। तर, मेडिकल रिपोर्टमा बालिकाको बलात्कार भएको पुष्टी भएपछि क्राफोर्डलाई जेल सजाय सुनाइएको हो।

२४ वर्षीय क्राफोर्डले सन् २०१८ मा एटलान्टा फाल्कोन्ससँग अनुबन्ध गरेका थिए।

प्रकाशित मिति: : 2019-09-18 08:05:26

प्रतिकृया दिनुहोस्