फाटी बने बार्सिलोनाबाट कान्छो उमेरमा च्याम्पियन्स लिग डेब्यु गर्ने खेलाडी

Agency

आन्सु फाटी बार्सिलोनाबाट च्याम्पियन्स लिगमा डेब्यु गर्ने कान्छो खेलाडी बन्न पुगेका छन्।

मंगलबार राती च्याम्पियन्स लिगको पहिलो खेलमा स्टार स्ट्राइकर लिओनल मेसीको स्थानमा फाटीलाई ‘प्लेइङ–११’ मा मौका दिएको थियो।
बोरुसिया डर्टमण्डविरूद्धको खेलमा १६ वर्ष ३ सय २१ दिनमा फाटी मैदानमा उत्रिए।

यसअघि बार्सिलोनाबाट कान्छो उमेरमा च्याम्पियन्स लिगमा मैदानमा उत्रिनेमा बोयानको नाम थियो। उनी १७ वर्ष २२ दिनमा मैदान उत्रिएका थिए।

एक उपसचिवको कथाः पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा (भिडियो सहित)

फाटी कान्छो उमेरमा च्याम्पियन्स लिगमा गोल गर्ने कीर्तिमानबाट भने चुकेका थिए। यसअघि पिटर ओफोरिक्वयेले रोसेनबर्गविरूद्ध १७ वर्ष १ सय ९५ दिनमा ओलम्पियाकोसका लागि गोल गरेका थिए। 

बार्सिलोनाबाट कान्छो उमेरमा गोल गर्ने खेलाडीमा बोयनकै नाम छ। उनले साल्केविरूद्ध १७ वर्ष २ सय १८ दिनमा गोल गरेका थिए।

प्रकाशित मिति: : 2019-09-18 07:36:20

प्रतिकृया दिनुहोस्