जुम्ला-रारा अल्ट्रा म्याराथनमा जुम्लाको वर्चश्व (भिडियो सहित)

विजेता खेलाडीहरू। तस्बिर: महेश

जुम्ला-रारा अल्ट्रा म्याराथनमा जुम्ली खेलाडीले वर्चश्व राखेका छन्। आईतबार सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको जुम्ला रारा अल्ट्रा म्याराथनमा पुरुषतर्फ कर्णाली स्पोर्टस क्लबका धीर बहादुर बुढा प्रथम भएका छन्। 

उनले ५ घण्टा १३ मिनेट ३९ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए। त्यस्तै क्लवकै धीरेन्द्र भण्डारी ५ घण्टा १९ मिनेट ३८ सेकेन्डमा दुरी पार गर्दै लोस्रो र त्रिभुवन अार्मी क्लबका देवराज महतारा ५ घण्टा २४ मिनेट ३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भएका छन्।

महिलातर्फ प्रथम र दोस्रो कर्णाली स्पोर्टस क्लबकै राममाया बुढा र मञ्जु रावत भए। राममायाले ६ घण्टा ४६ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गरिन् भने मञ्जुले ६ घण्टा ४६.४० सेकेन्डमा पार गरिन । त्यस्तै ६ घण्टा ४६ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरि पार गर्दै त्रिभुवन अार्मी क्लबकी रेजिना भण्डारी तेस्रो भइन्।

पुरूषतर्फ प्रथम र द्वितीय स्थान हासिल गर्ने जुम्लाका हुन् भने तृतीय हुने कालिकाेटका हुन्। यस्तै महिला तर्फ तीनै जना जुम्लाका रहेको कर्णाली स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला र पुरुषले क्रमश ७५, ५० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

महिलालाई श्री श्री दल गुल्मका सह सेनानी रमेश कार्कीको हातबाट परस्कार वितरण गरिएको थियो भने पुरुषलाई प्रमुख अतिथि विश्व साइकल यात्री पुष्कर शाहले पुरस्कार वितरण गरेका थिए ।

उनीहरु सबै अक्टोबरमा अन्नपूर्णमा पहिलो पटक हुने विश्व विख्यात गोल्डेन वर्ल्ड ट्रेल सिरिजमा सहभागी हुन पाउने छन्। प्रथम राममाया र धीर बहादुर यसै वर्ष फिलिपिन्समा हुने 'पनिसर फिफ्टी माइल्स' मा नि:शुल्क प्रवेश पाउनेछन्।

प्रतियोगितामा टप टेन सम्मका खेलाडीले पाँच हजार नगद सहित प्रमाणपत्र पाएका थिए। प्रतियोगितामा बेलायत, इटाली, डेनमार्क र नेदरल्यान्डका कुल ६३ जना खेलाडी सहभागी भएकोमा ५३ जनाले रारासम्मको दुरी पार गरेका थिए।

प्रकाशित मिति: : 2019-09-16 13:28:15

प्रतिकृया दिनुहोस्