नेपाली डिफेन्डरलाई ‘ओभरल्याप’ सिकाउने प्रशिक्षक रहेनन्

Agency

सन् १९८२ को एसियन गेम्समा नेपाललाई प्रशिक्षण दिन आएका विश्व चर्चित फुटबल प्रशिक्षक रुडी गटनडर्फको ९३ वर्षको उमेरमा शनिबार राती निधन भएको छ।

नेपालसहित ३२ देशमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका रुडी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गराउन सफल प्रशिक्षक पनि हुन्। उनले ५५ वटा टिमलाई प्रशिक्षण दिएका थिए।

करिब ५० वर्ष फुटबल प्रशिक्षणमा सक्रिय रुडी सन् १९८१ मा नेपाल आएका थिए। उनी स्न १९८६ मा पनि दोस्रो पल्ट नेपालको फुटबल सम्हाल्न आएका थिए। जर्मनीका यी भेट्रान प्रशिक्षकले नेपाली फुटबललाई आधुनिकीकरण गर्न योगदान दिएका थिए।

उनी प्रशिक्षक भएर आउनुअघि नेपालले परम्परागत फुटबल खेल्थ्यो। उनको आगमनपछि नेपाली डिफेन्डरले ओभरल्यापमा गएर खेल्ने कला सिकेका थिए। रुडीको तालिमपछि नेपाली डिफेन्डर धीरेन्द्र प्रधान सबैभन्दा बढी प्रभावशाली देखिएका थिए।

प्रकाशित मिति: : 2019-09-16 08:38:00

प्रतिकृया दिनुहोस्