ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

बिएल

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जीवनराम श्रेष्ठ १७ मत ल्याई पुनःनिर्वाचित भएका छन्।

चार वर्षका लागि निर्वाचित श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका छन्।

अन्तरराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा शनिबार बिहान निर्वाचन भएको थियो। अन्य पदाधिकारीको मतगणना जारी छ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले रासससँगको कुराकानीमा कमिटीको स्वायत्ततालाई प्रभावकारीरुपमा अगाडि बढाउने, नेपालमा आसन्न साउथ एशियन खेललाई सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

प्रकाशित मिति: : 2019-09-14 14:05:02

प्रतिकृया दिनुहोस्