अबदेखि बंगलादेश प्रिमियर लिग बीपीएल नहुने

तस्बिरः एजेन्सी

बंगलादेशमा हुने बंगलादेश प्रिमियर लिग (बीपीएल) अबदेखि नहुने भएको छ।

बंगलादेश क्रिकेट बोर्डका अनुसार बीपीएल खारेज गरेर टी–२० टुर्नामेन्ट आयोजना गर्ने भएको छ।

बंगलादेश क्रिकेट बोर्ड र फ्रेन्चाइज टिमबीच भएको बैठकमा कुरा नमिले पछि बोर्डले बीपीएल गर्न अनुमति नदिने निर्णय गरेको अध्यक्ष नजमुल हसनले बताए।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुलले फ्रेन्चाइज टिमलाई नयाँ सम्झौता गर्न आग्रह गर्दा उनीहरुले अस्वीकार गरेकाले यस्तो निर्णयमा पुगेको बताए।

यस पटकदेखि बीपीएलको साटो अस्ट्रेलियाको बिग बास लीगको मोडेलमा खेल सञ्चालन हुनेछ।

टी २० टुर्नामेन्ट बंगलादेशका राष्ट्रपिता शेख मुजीबर रहमानको १०० औं जन्म जयन्तीको अबसरमा आयोजना गर्ने जनाइएको छ ।

यस्तै ‘हम अगमिन टी–२०’ को पनि नाम परिवर्तन गरेर अबदेखि बंगबन्धु टी–२० राख्ने निर्णय गरिएको छ।

गत संस्करणको बीपीएलको उपाधि कोमिल्ला भिक्टोरियनले जितेको थियो।

बीपीएलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने सिलेट सिक्सरबाट खेलेका थिए।

प्रकाशित मिति: : 2019-09-13 07:58:18

प्रतिकृया दिनुहोस्