पुष्पलाल स्मृती ब्याडमिन्टनः रत्नजित र दीपेश अन्तिम चारमा

प्रविन लिङथेप। बिएल

सेनाका रत्नजित तामाङ र राष्ट्रिय च्याम्पियन एपिएफका दीपेश धामी आ–आफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै योनेक्स सनराईज नवौं पुष्पलाल स्मृती र्‍याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्। तामाङले पुलिसका सुनिल जोशीलाई २१–१०, २१–१३ ले पराजित गरे। अव उनले फाइनल प्रवेशका लागि सेनाकै नवीन श्रेष्ठको सामना गर्ने छन्।

नवीनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३–२१, २१–११, २१–१५ ले पाखा लगाए। यस्तै एपिएफका दीपेशले सेनाका रुकेश महर्जनमाथि २१–१६, २१–१६ को जित निकाले। सेमिफाइनलम धामीको भिडन्त पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठसँग हुनेछ। विकासले पुलिसका जीवन आचार्यमाथि २१–७, १८–२१, २१–११ को जित निकाले।

प्रिन्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो जित

इटहरी रङ्गशालास्थित कभर्डहलमा भएको पुरुष एकल खुल्लातर्फ सेनाका पविन लिनथेप बाँकेको रियाज अन्सारीलाई १६–२१, २१–७, २१–११ ले पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए।

अव उनले सेमिमा एपिएफका प्रियान्सु सिंह क्षेत्रीसँग प्रतिस्पर्धा गर्नेछन्। प्रियान्सुले एपिएफका ईन्द्रबहादुर महतालाई २६–२४, २१–१९ ले पराजित गरे। यस्तै अन्तिम चारमा पुग्ने अन्यमा कैलालीका देवराज राना र एपिएफका निराजन देवकोटा रहेका छन्। रानाले पुलिसका पूर्णबहादुर थापालाई २१–१६, २१–१५ ले तथा देवकोटाले झापाका प्रनिश सिंह ठकुरीलाई २१–१५, २१–१४ ले पराजित गर्दै भेट पक्का गरेका हुन्।

महिला जोडी तर्फको पहिलो चरणमा भोजपुरकी सिता राई र लोकतमा राईको जोडीले विजयी सुरुवात गरेका छन्। राईको जोडीले रुपन्देहीका सुन्दरी थारु र पुजा बिष्टलाई २१–१९, २१–१९ ले पराजित गरे।

नेपाल नादेझ्दा कपको उपविजेतामै सिमित!, साबित्राको कीर्तिमान

यस्तै कैलालीकी प्रार्थना देउवा र एलिना तिवारीले धनकुटाका ईन्दिरा राई र श्रीजना घिसिङ्गबाट तथा बाँके–मोरङका सम्झना शर्मा र सीमा राजबंशीले धनकुटा–झापाका अरुणा तामाङ र अन्जना राईको जोडीबाट वाकओभर प्राप्त गरे।

छात्र यु–१७ एकलतर्फ कैलालीका अमृत चौधरीले दाङका सफिक इद्रिसीलाई २१–१५, २१–१४ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन्। यस्तै सेनाका भोजबहादुर गुरुङले बुढासुब्बाका सत्यम सुब्बालाई २१–८, २१–७ ले, एपिएफका प्रियान्सु सिंह क्षेत्रीले सुनसरीका सशांकलाई २१–८, २१–१३ ले तथा कञ्चनपुरका हिमाल चन्दले एपिएफका पेम्बा शेर्पाबाट वाकओभर प्राप्त गर्दै अन्तिम चारमा स्थान बनाए। प्रियान्सु पुरुष खुल्लातर्फ पनि सेमिमा पुगेका छन्।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल खुल्लातर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्काले सूर्खेतकी पुष्पा शाहीलाई २३–११, २१–१५ ले पन्छाउँदै सेमिफाइनल यात्रा तय गरिन्। यस्तै बाँकेकी सुष्मा श्रेष्ठले भोजपुरकी लोकतमा राईलाई १३–२१, २१–१६, २३–२१ ले पराजित गरिन्। अव श्रेष्ठले फाईनल प्रवेशका लागि मनिषाको सामना गर्नेछिन्।

किन जान्छन् डान्सबार र मसाजमा पुरूषहरू?

यसैगरि कैलालीकी प्रार्थना देउवाले एपिएफकी निकिता लामालाई २१–८, २१–१२ ले पन्छाउँदै सेमिमा जेष्ट ब्याडमिन्टन एकेडेमीकी सफी खत्रीसँगको भेट पक्का गरिन्। सफीले रुपन्देहीकी सुन्दरी थारुलाई २२–२०, २१–१७ ले पराजित गरिन्।

भेट्रान्स जोडीतर्फ सेनाका सुभाष श्रेष्ठ र रुद्र थिङकाे जोडी सेमिफाइनलको यात्र तय गर्न सफल भयो। अन्य जोडीमा इलामका दर्शन भक्तराज र सञ्जय भक्तराज, धनकुटाकी किरण प्रधान र योगश्वर श्रेष्ठ तथा पाल्पाका वीरेन्द सिंह बिष्ट र महेश बज्राचार्यको जोडी पनि सेमिफाइनल प्रवेश गरेका छन्।

 

 

प्रकाशित मिति: : 2019-09-12 21:44:28

प्रतिकृया दिनुहोस्