भारतको टेस्ट टिम घोषणाः केएल राहुल बाहिरिए रोहित शर्मा भित्रिए

Agency

दक्षिण अफ्रिकाविरूद्ध अघिल्लो तीन वटा टेस्टको शृंखलाका लागि भारतीय क्रिकेट बोर्डले १५ सदस्यीय टोलीको घोषणा गरेको छ। जसा केएल राहुल टिमबाट बाहिरिएका छन् भने उनको स्थानमा रोहित शर्मा टिममा समावेश भएका छन्।

टेस्ट टिममा शुभमन गिल एक मात्र नयाँ अनुहारको रुपमा समावेश छन्। लामो समयदेखि खराब फर्मबाट जुधिरहेका केएललाई विश्राम दिने निर्णय गरिएको हो। वेष्ट इन्डिज भ्रमणमा दुई टेस्टको ४ इनिङमा उनले क्रमशः ४४,३८, १३ र ६ रन मात्र बनाएका थिए।

बिपी भन्थे– दरबार फ्याँक्ने वित्तिकै नेपाल विदेशी शक्तिको अखडा बन्ने छ (भिडियोसहित)

पहिले देखि नै केएलको ठाउँमा रोहितलाई खेलाउने सम्भावना बलियो थियो। सौरभ गागुली, एडम गिलकिष्ट, दीलिप बेंगसरकरजस्ता पूर्व क्रिकेटरले रोहितबाट ब्याटिङको सुरुवात गराउन सल्लाह दिएका थिए।

भारतीय टिमः विराट कोहली (कप्तान), मयंक अग्रवाल, रोहित शर्मा, चेतेश्वर पुजारा, अजिक्य रहाणे(उपकप्तान), हनुमा बिहारी, रिषभ पन्त (विकेटकिपर), रिद्धिमान शाह (विकेटकपर), आर अश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद सामी, जसप्रतीत बुमराह, इशान्त शर्मा, शुभमन गिल

प्रकाशित मिति: : 2019-09-12 17:16:19

प्रतिकृया दिनुहोस्