शनिबार, १२ जुलाई २०२५

क्रिकेटमा महिलाको बढ्दो क्रेजः १ लाख बढीले टिकट काटे

News Image
forum.xcitefun.net
• • •

इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा ३० मेदेखि सुरु हुन लागेको विश्व कप क्रिकेटमा महिलाहरूको रुचि बढ्दै गएको अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले दावी गरेको छ।

आइसिसीले जारी गरेको विज्ञप्तीमा यसपालि १ लाखभन्दा बढी महिलाले विश्व कप हेर्न टिकट किनेको बताइएको छ। विश्व कप आयोजनाका निर्देशक स्टिभ एलवर्थीले १ लाख १० हजार महिलाले टिकट काटेको सोमबार जानकारी गराए।

उनले विश्व कप हेर्न १ लाखभन्दा बढी १६ वर्षका युवाहरूले टिकट खरिद गरेको पनि जानकारी गराए। ‘यसले युवा खेलाडीलाई पनि प्रेरित गर्नेछ,’ एलवर्थीले भने। आइसिसीले आफ्नो विज्ञप्तीमा ३० लाख मानिसले विश्व कप हेर्न टिकटका लागि निवेदन दिएको बताएको छ।

विश्व कपको पहिलो खेल आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुँदैछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?