चेन्नई सुपर किङ्सलाई हराउँदै मुम्बई इन्डियन्सले भारतमा जारी १२औं संस्करणकोइण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्यो।
हैदरावादमा भएको रोमाञ्चक फाइनलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई १ रनले पराजित गर्दै मुम्बई इण्डियन्सले उपाधि जितेको थियो। तर, यो रोमाञ्चक खेलमा अर्को एउटा कहानी बाहिरिएको छ।
चेन्नईका ब्याट्सम्यान शेन वाटसनले फाइनलमा ८० रनको उत्कृष्ट इनिङ्स खेले पनि टिमलाई जिताउन सकेनन्। तर, वाट्सनबारे उनकै सहकर्मी क्रिकेटर हरभजन सिंहले नौलो खुलासा गरेका छन्। उनले वाटसनको खुट्टामा चोट लागेको थियो र लगातार रगत बगिरहेको थियो। तर पनि उनी ब्याटिङ् गरिरहेका बताएका छन्।
टिमका बलरसमेत रहेका सिंहले आफ्नो इन्स्ट्राग्राममा वाटसनको खुट्टामा गहिरो चोट लागेको र लगातार रगत बगिरहेको खुलासा गरेका हुन्। ‘तर, वाटसनले यो कुरा टीमका कसैलाई भनेनन् ब्याटिङ् गरिरहे । वाटसन आउट भएर पेवेलियन फर्केपछि मात्रै चेन्नाईको टीमलाई यो कुराको जानकारी भएको थियो,’ सिंहले भनेका छन्।
वाटसनको खुट्टामा म्याच सकिएपछि ६ वटा टाका लगाइएको सिंहले जनाएका छन्।
चेन्नाईका ओपनिङ ब्याट्मेन वाट्सन अन्तिम ओभरमा ५९ बलको सामना गरेर ८० रन बनाएर आउट भएका थिए।
View this post on InstagramRespect brother ✊ what a LEGEND @srwatson33 given sweat,blood and everything for the team.. INSPIRING
यो पनि ...
१ . समुन्द्रमा राजाकी छाेरीकाे छुनुमुनुभित्र लुकेकाे रहस्य
२ . सुनसरीमा विप्लव समूहका २२ कार्यकर्ता पक्राउ, यातायात ठप्प
३ . रघुजीले भने– प्रधानमन्त्रीज्यू ह्याण्डसम हुनुभएछ, प्रचण्डको जवाफ– तपाईंका आँखालाई धन्यवाद
४ . हिजाे राजीनामा दिएकी केसी आज मन्त्रालय फर्किँदै, कसरी मिल्याे कुरा ?
५ . राप्रपाका दिन आइसके, राजाका पनि आउँछन्
प्रकाशित मिति: : 2019-05-14 12:50:29