आज आईपीएल फाइनलमा मुम्बई र चेन्नई भिड्दै : कस्ले उचाल्ला ट्रफि ?

भारतमा जारी यस सिजनको आईपीएलको फाइनल आइतबार साँंझ हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा हुदैछ। नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुने फाइनलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई र रोहित शर्माको कप्तानीमा रहेको मुम्बई आम्नेसाम्ने हुदैछन्। 

यस सिजनमा मुम्बई र चेन्नई तीनपटक लिग चरणका दुई र पहिलो क्वालिफायरमा आम्नेसाम्ने हुँदा सबै तीन खेल नै मु्म्बईले जितेको छ। अब चौथो खेलमा मुम्बईलाई ल अफ एभ्रेज लागेर पराजित हुन्छ वा फेरि एकपटक चेन्नईमाथि हावी भएर कीर्तिमानी उपाधि जित्छ?। खेल पण्डितहरू पनि यसै भन्न सकिरहेका छैनन्। तर, इतिहास हेर्ने हो भने यसअघि ८ पटक फाइनल खेलेको चेन्नई तीनपटक मात्र विजेता बनेको छ। उता, मुम्बई चारपटक फाइनलमा पुग्दा तीनपटक जीत हात पारेकोछ। फाइनलमा पुगेर एकपटक पराजित भएको मुम्बई २०१३ मा चेन्नईसँगै पराजित भएको थियो। 

यसअघि तीन तीनपटक उपाधि उचालिसकेका यी दुई टिमबीच यसअघि तीनपटक नै फाइनल भिडन्त भैसकेको छ। जसमध्ये २०१३ र २०१५ मा मुम्बईले उपाधि जितेको थियो भने सन् २०१० मा चेन्नइ बिजयी भएको थियो। यसपटक जसले जिते पनि चारपटक उपाधि जितेर सबैभन्दा बढी उपाधि जित्ने कीर्तिमान बनाउँने छन्। 

चेन्नई डिफेन्डिङ च्याम्पियन पनि हो । तर, यसपटक सुरूका खेलहरूमा जमेको चेन्नई पछिल्ला खेलमा धर्मराएको थियो। उसले पछिल्ला धेरै खेल हारेपछि सेकेण्ड क्वालिफायरमा दिल्लीलाई हराएर फाइनल यात्रा तय गरेको हो। 

 

 

प्रकाशित मिति: : 2019-05-12 10:03:55

प्रतिकृया दिनुहोस्