वेष्टइन्डिजका होप र क्याम्पवेलले बनाए नयाँ विश्व कीर्तिमान

तस्बिरः एजेन्सी

वेस्ट इन्डिजका ओपनिङ ब्याट्सम्यान जोन क्याम्पवेल र शाही होपले नयाँ विश्व किर्तिमान बनाएका छन्।

ओपनिङ ब्याटिङ गर्न आएका होप र क्याम्पवेलले पहिलो विकेटका रूपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमै सर्वाधिक रनको साझेदारी गरेका हुन्।

आयरल्याण्डमा जारि वेस्ट इन्डिज, बंगलादेश र आयरल्याण्डबीच त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत जारि पहिलो खेलमा वेष्टइन्डिजका यी दुई ओपनर जोडीले पहिलो विकेटको लागि ३६५ रनको साझेदारी गरेका हुन्।

डब्लिनमा जारि खेलको पहिलो इनिंगमा आयरल्याण्डले टस जितेर बलिंग रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजको लागि ओपनिङ ब्याटिङ गर्न आएका होप र क्याम्पवेलले ओपनिङ साझेदारीको रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमै सर्वाधिक साझेदारी गरेका हुन्।

क्याम्पवेलले १७९ रन तथा होपले १७० रन बनाए। यस क्रममा क्याम्पवेलले १३७ बलमा १६ चौका र ६ छक्का तथा होपले १५२ बलमा २२ चौका र २ छक्का प्रहार गरे।

टस हारेर ब्याटिङ गर्ने क्रममा वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३८१ रनको योगफल तयार गरेको थियो।

४७.२ ओभरसम्म विकेट नगुमाएका उनीहरूलाई ब्यारी म्याकार्थीले विकेट लिए।

क्याम्पवेलले १७९ रन तथा होपले १७० रन बनाए। यस क्रममा क्याम्पवेलले १३७ बलमा १६ चौका र ६ छक्का तथा होपले १५२ बलमा २२ चौका र २ छक्का प्रहार गरे।

यस अघि एकदिवसीय अन्तर्राष्ट्रियमा ओपनिंग साझेदारीको रुपमा सबैभन्दा ठूलो साझेदारी पाकिस्तानका इमाम उल हक र फखार जमानको नाममा थियो। गत वर्ष जुलाईमा जिम्बाबे बिरुद्ध दुवैले पहिलो विकेटको लागि ३०४ रनको साझेदारी गर्दै रेकर्ड कायम गरेका थिए।

एकदिवसीयमा कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारीको रेकर्ड कायम गर्न भने होप र क्याम्पवेल चुकेका छन्।

प्रतिकृया दिनुहोस्