घरेलु मैदानमै हार्‍यो टोटेनह्याम

तस्बिरः एजेन्सी

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाईनलको पहिलो लेगमा अजाक्सले टोटेनहमलाई हराएको छ।

प्रिमियर लिग क्लब टोटेनह्यामको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा डच क्लब अजाक्सले १–० गोल अन्तरले हराएको हो।

खेलको १५ मिनेटमा भान डि विकले निर्णायक गोल गरेका थिए।

घरेलु टोलीका फरवार्ड ह्यारी केन र सन ह्युङ मिनको अभाव प्रष्ट देखियो।

पहिलो हाफको सुरूवाती समयमा आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दवावमा राखेको थियो। आयाक्सले पहिलो हाफमा गरेका अन्य केही राम्रा प्रहार भने गोल हुन सकेनन्।

दोस्रो हाफमा टोटेनह्मले खेलमा दवाव बनाए पनि गोल गर्न असफल रह्यो। आयाक्सका डेविड नेरेसको दोस्रो हाफको प्रहार पोस्टमा लागेर फर्कंदा टोटेनहम थप पछाडि पर्नबाट जोगिएको थियो।

दोस्रो लेगको खेल आयाक्सको मैदानमा मे ८ तारिखमा हुनेछ। उक्त खेलमा यो अग्रतालाई कायम राखे अजाक्सले जुन १ मा लिभरपुल र बार्सिलोनाबीचको बिजेतासँग फाइनल खेल्नेछ।

प्रकाशित मिति: : 2019-05-01 08:37:22

प्रतिकृया दिनुहोस्