मेस्सीको नाममा अर्को एक कीर्तिमान

बार्सा कप्तान लिओनल मेस्सीले स्पेनिस ला लिगामा नयाँ कीर्तिमानी बनाएका छन् । उनले ला लिगाको १०औं उपाधि उचालेर यो कीर्तिमान बनाएका हुन्। 

यस सिजनको ३५औं म्याचमा लेभान्टेलाई १–० गोलले पराजित गर्दै बार्सिलोनाले २६औं पटक लिग उपाधि जित्दा कप्तान मेस्सीले व्यक्तिगत रूपमा १०औं पटक ला लिगा उपाधि उचाले।

बार्सिलोनाका लागि यसभन्दा अघि कुनै पनि खेलाडीले ला लिगाका १० उपाधि उचालेका छैनन्। मेयसअघि बार्साका पूर्वकप्तान आन्द्रेस इनिएस्टाले नौपटक ला लिगा उपाधि उचालेका थिए। 

 

 

प्रकाशित मिति: : 2019-04-29 04:08:00

प्रतिकृया दिनुहोस्