ओमान र अमेरिकालाई वान डे मान्यता

हङकङमाथि जित निकालेको अमेरिकाका खेलाडीहरू खुसी मनाउँदै। तस्बिरः आइसिसि

ओमान र अमेरिकाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एक दिवसीय (ओडीआई) मान्यता पाएका छन् ।

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिता खेलिरहेका ओमान र अमेरिकाले एक खेल अगावै एक दिवसीय मान्यता पाएका हुन्।

डिभिजन दुईमा सुरुवाती ४ खेलमा सबै खेल जितेकोओमानले नामिबियालाई हराएसँगै वान डे मान्यता प्राप्त गर्‍यो। ओमान ४ खेलममा ४ जित निकाल्दै ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ ।

आजै भएको अर्को खेलमा क्यानडाले पपुवा न्युगिनिलाई ३ विकेटले हरायो भने अमेरिकाले हङकङलाई ८४ रनले हराउँदै एक खेल अगावै वान डे मान्यता पायो। अमेरिका ४ खेलमा ३ मा जित र १ मा हारका दोस्रो स्थानमा छ।

आईसिसिका अनुसार ओमानसहित नामिबिया, हङकङ, पपुवा न्युगिनी, अमेरिका र क्यानडाले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताका शीर्ष स्थानका चार टोलीले वान डे मान्यता पाउनेछन्।

अव दुई देशले वान डे मान्यता पाउने छन्। समूह चरणको अन्तिम खेलमा भोलि क्यानडा र अमेरिका, नामिबिया र हङकङ तथा ओमान र पिएनजी भिड्नेछन्।

प्रकाशित मिति: : 2019-04-25 00:06:46

प्रतिकृया दिनुहोस्