डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि जोगाउने क्रममा एक खुड्किलो नजिक पुगेको छ।
मंगलबार राति भएको खेलमा एलाभेसलाई २–० ले हराएपछि बार्सिलोना चार खेल अघि नै उपाधि नजिक पुगेको हो ।
३४ खेलबाट ८० अंक भएको बार्सा ६८ अंकका साथ दोस्रो स्थानमा रहेको एथ्लेटिकोले भ्यालेन्सियासँगको खेल गुमाएमा बार्सिलोना यस सिजनको लालिगा च्याम्पियन बन्ने छ ।
बार्साले लिगको ३४ओैं खेलमा विजयी हुन ५४ औँ र ६० औँ मिनेटमा गोल गरेको थियो। पहिलो गोल कार्लेसले गरेका थिए भने दोस्रो गोल स्वारेजले ।