लिभरपुल पुनः शीर्ष स्थानमा उक्लियो

तस्बिरः एजेन्सी

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको खेलमा कार्डिफ सिटीलाई २-० गोल अन्तरमा हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो।

कार्डिफको मैदानमा लिभरपुललाई जिताउन जर्जिनियो विजनाल्डम र जेम्स मिल्नरले एक-एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा विजनाल्डमले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए।

खेलको ८१ औं मिनेटमा मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। त्यसपछि दुबै तर्फबाट गोल भएन र लिभरपुलले खेल २-० ले जित्यो।

यो जितसँगै शीर्ष स्थानमा उक्लिएको लिभरपुलले ३५ खेलबाट ८८ अंक जोडेको छ । एक खेल क खेलेको म्यानचेस्टर सिटी २ अंकले पछि परेको छ। सिटीको ८६ अंक छ ।

यो जितसँगै लिभरपुलले उपाधि जित्ने सम्भावना कायम राखेको छ ।

प्रकाशित मिति: : 2019-04-21 23:23:13

प्रतिकृया दिनुहोस्