पुरुष फुटबलमाआर्मीको दोस्रो जित, महिलामा प्रदेश तीनको जित

तस्बिरः बिएल

 आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देही जारी पुरुष फुटवलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ।

आर्मीले कर्णाली प्रदेशमाथि ७–० विशाल गोल अन्तरको जित निकालेको हो।

देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा भएको पहिलो खेलमा नेपाल आर्मीका विवेक बस्नेतले खेलको १२ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

उनले खेलको २१ औ मिनेटमा अर्को गोल थपे। खेलको ५६ औ मिनेटमा विवेक बस्नेतले गोल गर्दै ह्याटिक पुरा गरेका थिए।

यसैगरि खेलको २९ औ मिनेटमा टेक बुढाथोकीले गोल गर्दै गोल अन्तरलाई फराकिलो बनाए।

पहिलो हाफमा ३ शून्यले पछि परेको कर्णाली प्रदेश दोस्रो हाफमा थप ४ गोल खान पुग्यो। खेलको ४३ औ मिनेटमा टेक बहादुर बुढाथोकी तथा खेलको ६२ र ७६ औ मिनेटमा सुमन अर्यालले गोल गरे ।

आर्मीसँग कडा प्रतिस्प्रर्धी देखिएको पुलिस प्रदेश २ सँग भने फितलो खेल पस्केको थियो । शुरुवातबाट नै आक्रमक खेल पस्केको प्रदेश नं. २ पुलिसलाई बराबरीमा रोक्दै अंक बाडेको छ।

खेलको २९ औ मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै खेलमा अग्रता लिएका थिए । तर खेलको ३७ औ मिनेटमा प्रदेश नं. २ का निर बहादुर आलेले गोल फर्काउदै बराबरीमा ल्याए । खेलको ४३ औ मिनेटमा पुलिसका हरि कठायतले अर्को गोल गरे । सुमन लामाको क्रममा हरिले आर्कषक गोल गर्दै खेलमा पुनः अग्रता दिलाएपनि प्रदेश नं. २ का टंक बहादुर सिग्देलले बराबरी गोल गरेका थिए ।

आईतबार लिग चरणको अन्तिम दिनको खेलमा सुदूरपश्चिमाञ्चल प्रदेशले त्रिभुवन आर्मी क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लबले कणार्ली प्रदेशसंग सामना गर्ने छ ।

महिला फुटबलमा

दाङको बेलझुण्डीमा शनिबार भएको महिला फुटबल प्रतियोगितामा प्रदेश नम्बर ३ विजयी भएको छ।

उसले प्रदेश ५ लाई ३–० गोल अन्तरले पराजित गरेको हो। प्रदेश तीनको जीतमा २ गोल कप्तान ममता थापा मगरले गर्दा एक गोल पार्वती घलेले थपिन् ।

पहिलो हाफको ३५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको प्रदेश तीनले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।

दोस्रो हाफ शुरु भएको पाँच मिनेट पछि नै प्रदेश तीनका लागि कप्तान ममता थापा मगरले व्यक्तिगत दोस्रो गोल गर्दा टिमले पनि २–० को अग्रता बनाएको थियो।

यसैगरी ६२ औं मिनेटमा पार्वती घलेले एक गोल थपिन्। त्यसपछि गोल नभएपछि प्रदेश तीन विजयी हुन सफल भयो ।

प्रकाशित मिति: : 2019-04-21 00:16:50

प्रतिकृया दिनुहोस्