गौरिकाको आगमनले नेपालगञ्जको माहौल तातियो

तस्बिरः नविन अर्याल

नेपाली पौडीकी स्टार खेलाडी गौरिका सिंहको नेपालगञ्ज आगमनले आठौं बृहत राष्ट्रिय खेलकुदको माहौल एक्कासी ताँतिएको छ। तीन पल्ट निर्धारित समयमा आयोजना हुन नसकेको प्रतियोगितामा उनी नखेल्ने सूचना पहिले सार्वजनिक भएको थियो।

तर, उनी बेलायतबाट अप्रत्यासित रूपमा शुक्रबार आएपछि नेपालगञ्जको माहोल ताँतिएको हो। भारतमा आयोजना भएको १२ औं सागमा रजतसहित ४ वटा पदक जितेर सबैलाई चकित तुल्याएकी गौरिका बेलायतमा बसोबास गर्छिन्।

उनी बेलायतमै अध्ययनरत छिन् र उतै पौडीको अभ्यास गर्ने गर्छिन्। ‘उनको आगमनले हामीलाई हौस्याएको छ,’ राष्ट्रिय खेलकुद परिषद्का बरिष्ठ प्रशिक्षक आङदेन लामा भन्छन्।

गौरिका तीन वर्षअघि ब्राजिलमा आयोजना भएको रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको रुपमा सहभागी थिइन्। उनले २०१६ को एसियन गेम्समा पनि नेपालबाट सहभागिता जनाएकी थिइन्।

प्रकाशित मिति: : 2019-04-20 13:13:45

प्रतिकृया दिनुहोस्