कप्तान फिन्चको शतकमा पाकिस्तानमाथि अष्ट्रेलियाको सानदार जित

तस्बिरः एजेन्सी

कप्तान एरोन फिन्चले शतकीयइनिङ्सपछि पाकिस्तानविरूद्धको पहिलो वान डेमा अष्ट्रेलियाले सानदार जित निकालेको छ।

शुक्रबार रातिशारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८ विकेटले हराउँदै ५ खेलको सिरिजमा १-० ले अग्रता लिएको छ।

पाकिस्तानले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ ओभरमा २ विकेट गुमाउँदैलक्ष्य पुरा गर्‍यो।

अष्ट्रेलियाको जितमा कप्तान आरोन फिन्च ११६ रन बनाए। उनले १ सय ३५ बलमा ४ छक्का र ८ चौका प्रहार गरेका थिए।

यस्तै शन मार्शले ९१ रन जोडे। १ सय २ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गर्दै अभिजित रहे।

ओपनर उस्मान ख्वाजा २४ रनमा आउट भएपछिफिन्च र मार्शले दोस्रो विकेटका लागि १ सय ७२ रनको साझेदारी गरेका थिए। त्यस्तै पिटरहेन्डस्कम्व ३० रनमा नट आउट रहे ।

पाकिस्तानका लागि फहिम असरार्फ र मोहम्मद अब्बासले समान एक विकेट हात पारेका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको गुमाउँदै २ सय ८० रन बनायो। उसका लागि ह्यारिस सोहेलले करियरको पहिलो वान डे शतक प्रहार गरे।

१ सय १५ बल खेलेका उनले ६ चौका र १ छक्का सहित १ सय १ रनमा अविजित रहे।

त्यस्तै उमर अकमल ४८, ओपनर शन मसूद ४०, ईमाद वासिम र फहिम अशरर्फले समान२८-२८, ईमाम उल हक १७ तथा कप्तान शोएब मालिक ११ रनमा आउट भए।

अष्ट्रेलियाका लागि नाथन कुल्टर नाईलले २,नाथन लायन,ग्लेन म्याक्सवेल र झेय रिचड्सनले समान एक एक विकेट लिए।

यो जितसँगै पाँच खेलको ओडीआई सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ। दोस्रो खेल आगमी आईतबार हुनेछ।

प्रकाशित मिति: : 2019-03-23 09:55:32

प्रतिकृया दिनुहोस्