महिला साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा: नेपालको भिडन्त श्रीलंकासँग

तस्बिरः एन्फा

नेपालमा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ।

आइतबार भएको समुह चरणको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन भारतले बंगलादेशलाई हराउँदै समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो। 

अब सेमिफाइनलमा नेपालले श्रीलंका र भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछन् । 

६ टोली समुह प्रतियोगितामा समूह ए को बाट नेपाल बिवेता र बंगलादेश उपविजेता बन्दै अन्तिम चारमा पुगे भने समुह बी बाट भारत विजेता र श्रीलंका उपविजेता बन्दै सेमिफाइनल यात्रा तय गरे। 

प्रतियोगितामा सहभागी माल्दिभ्स र भुटान भने बिना जीतको खाता खोल्दै लिगचरणबाटै बाहिरिएका छन्।

सेमिफाइनलका दुबै खेल चैत ६ गते हुनेछन्। पहिलो खेल नेपाली समय अनुसार बिहान ११ बजे नेपाल र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनलमा तीन बजे भारत र बंगलादेश आम्नेसाम्ने हुनेछन्।

प्रकाशित मिति: : 2019-03-18 00:24:44

प्रतिकृया दिनुहोस्