डेङ्गुका कारण श्रीलङ्कामा १५ को मृत्यु, १५ हजार प्रभावित

तस्बिरः एजेन्सी

श्रीलङ्कामा फैलिएको डेङ्गुका कारण १५ जनाको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी प्रभावित भएका छन् ।

यो विवरण सन् २०१९ को पहिलो चार महिनाको मात्रै भएको इपिडिमियोलोजी इकाईले शुक्रबार जनाएको छ ।

गत अप्रिल ३० सम्ममा कुल १५ हजार ४०७ जना डेँगुबाट प्रभावित भएको र तीमध्ये सवैभन्दा धेरै कोलम्बो जिल्लाका तीन हजार ४०५ जना रहेका छन् ।

चिकित्सा विज्ञहरूका अनुसार उच्च ज्वरो, अनियन्त्रीत वान्ता, शरिरका विभिन्न ठाउँमा दुखाई, कमजोरी महशुष हुने लगायतका लक्षण डेङ्गु भएका बेला देखिन्छ।

डेँगुका कारण गत बर्ष ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी विरामी भएका थिए ।

प्रकाशित मिति: : 2019-05-04 00:24:49

प्रतिकृया दिनुहोस्