ओझेलमा दरबारमार्गको परिचय तीनधारा, ब्युँतने प्रयासमा स्वह्रा हिटी

काठमाडौँ: काठमाडौँको मध्य भागमा छ रानीपोखरी। मल्लकालीन यो पोखरी हाल पुनर्निर्माणको चरणमा छ। भूकम्पले क्षति पुर्‍याएको हाल कालो माटो राख्ने र पोखरीमा पानी अड्याउने तयारीदेखि मन्दिर र पुल बनाउने कार्य भइरहेको छ।

यसक्रममा रानीपोखरीको पानीको स्रोत पत्ता लगाउने धेरै प्रयास भए। रानीपोखरीमा हिटी (ढुंगेधारा) र इनारबाट पानी आउने गरेको बताइए पनि अनुसन्धानको क्रममा त्यो फेला परेको छैन।

यता, हिटी संरक्षणमा लाग्दै आएका अभियन्ताहरूले भने रानीपोखरीसँगै सम्बन्धित ऐतिहासिक स्वह्रा हिटी संरक्षणको पहल गर्दै आएका छन्।

दरबारमार्गबाट कमलादी जाने मोडमै पनि ढुंगेधारा रहेको बारेमा धेरैलाई थाहा नहुन सक्छ। कुनै बेला दरबारमार्गको परिचय बनेको स्वह्रा हिटी अहिले ओझेलमा छ।

प्रकाशित मिति: : 2019-11-06 10:23:09

प्रतिकृया दिनुहोस्