क्यासियरको जागिरले रोक्न नसकेको अभिनय अभिलाषा

तस्बिरः नेपाल न्यूज

‘कलाकारिता र अभिनयको विकल्प खोज्ने प्रयास गरेकै छैन र थिएन पनि। विश्वास छ यही क्षेत्रमा रमाउँन सक्छु,’ एकै वाक्यमा अभिनयको प्यास पोख्छिन् कलाकार सुष्मा निरौला।

उनकै साथीहरू पनि अभिनय क्षेत्रमा निर्धक्क छैनन्। भन्छिन्, ‘भएन भने विदेश जाउँला वा अरु केही गरौला भन्ने मेरै समकालिन साथीहरू छन् तर मलाई त अरु केही गर्नै आँउदैन। म त अभिनयको विकल्पविहीन छु।’ विराटनगरबाटै रंगमञ्चमा भिजेकी सुष्मा आजकाल फाट्टफुट्ट फिल्मतिर देखिन थालेकी छन्।

प्रकाशित मिति: : 2019-11-06 07:22:14

प्रतिकृया दिनुहोस्