शनिबार, १२ जुलाई २०२५

चन्द्रागिरी नगरपालिकाको ९२ रोपनी सार्वजनिक जग्गा हाउजिङको नाममा

News Image
नेपाल लाईभ
• • •

भू-माफिया र मालपोतका कर्मचारीको मिलेमतोका काठमाडौंको चन्द्रगिरी नगरपालिकाका ९२ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा काठमाडौंको साविक बाडभन्ज्याङ गाविस-३ 'क' तथा हाल चन्द्रागिरी नगरपालिका पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वनको जग्गा भू-माफियासँगको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको पाइएको हो।

वन उपभोक्ता समूहले उपभोग गरिरहेको कित्ता नम्बर १०१ को ९२ रोपनी दुई आना जग्गा व्यक्तिको नाममा दर्ता भएको उजुरीमाथि अख्तियारले गरेको अनुसन्धानमा पुष्टि भएपछि तत्कालीन मालपोत अधिकृतसहित ७ जना विरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर भएको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?