आर्थिक वृद्धि ७ प्रतिशत : प्रतिव्यक्ति आय १ हजार ३४ डलर

तस्बिरः नयाँ पत्रिका

आर्थिक सर्वेक्षण २०७५/७६ विशेष

चालू आर्थिक वर्ष (आव) ०७५/७६ को आर्थिक सर्वेक्षणले कुल गार्हस्थ उत्पादन (जिडिपी) ७ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ । यो वृद्धि आव ०७४/७५ मा ६ दशमलव ७ प्रतिशत रहेको थियो । चालू आवको आर्थिक वृद्धिको अनुमान अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ३ प्रतिशत बिन्दुले बढी हो । यो वृद्धि उत्पादक मूल्यका आधारमा तयार गरिएको हो । 

आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्षमा कृषि क्षेत्रमा मौसम अनुकूलता, सिँचाइ सुविधामा भएको वृद्धि र रासायनिक मल, बिउबिजनको सहज उपलब्धताले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि हुने र लक्षित आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ । त्यस्तै, गैरकृषि क्षेत्रमा ऊर्जा क्षेत्रको विस्तार र विद्युत्को नियमित उपलब्धता, पुनर्निर्माण तथा पूर्वाधार निर्माण कार्यमा भएको तीव्रतालाई आर्थिक वृद्धिदर उच्च हुने आधार मानेको छ । उद्योगको उत्पादन वृद्धि, पर्यटकको आगमनमा भएको वृद्धि, निर्माण सामग्री र कच्चा पदार्थको बढ्दो आयातका कारण स्वेदशी वस्तुको उत्पादनमा भएको वृद्धिजस्ता कारणलाई पनि लक्षित आर्थिक वृद्धि हासिल हुने आधार मानिएको छ । 

आधारभूत मूल्यमा आधारित हुँदा भने चालू आवको वृद्धिदर ६ दशमलव ८ प्रतिशत रहने अनुमान छ । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव ५ प्रतिशत बिन्दुले बढी हो । आव ०७४/७५ मा आधारभूत मूल्यका आधारमा ६ दशमलव ३ प्रतिशतले वृद्धि भएको थियो । 

प्रकाशित मिति: : 2019-05-28 09:22:00

प्रतिकृया दिनुहोस्