कीर्तिमानी सगरमाथा आरोही कामीरिता भन्छन् : सरकारले शेर्पाहरूलाई लुटिरहेको छ

कामिरिता शेर्पा | तस्वीर:रिवाज राई

काठमाडौं, जेठ १२ : जिन्दगीमा एक पटक भए पनि सगरमाथाको शिखर पुग्न पाए हुन्थ्यो भन्ने कामना धेरैको हुन्छ, तर सोलुखुम्बुका कामीरिता शेर्पाले भने २४ पटकसम्म सगरमाथा चढेर सबैभन्दा धेरै पटक विश्वको सर्वोच्च शिखर चुम्ने कीर्ति कमाएका छन्।

४९ वर्षीय कामीरिताले यसपटक एउटै सिजनमा दुई पटक सगरमाथा चढेर आफ्नो कीर्तिमान झन् बलियो बनाएका छन्।

कामीरिताले गत सिजन २२ औं पटक सगरमाथा चढेर आप्पा शेर्पा र फुर्वा टासी शेर्पाको संयुक्त रेकर्ड तोडेका थिए। आप्पा र फुर्वाले २१–२१ चोटि सगरमाथा चढेका छन्।

सन् १९९४ देखि यता हरेक सालजसो सगरमाथा चढ्दै आएका कीर्तिमानी कामीरिता शेर्पासँग आइतबार काठमाडौंको कपनस्थित उनकै निवासमा काठमाडौं प्रेसले गरेको कुराकानी–

प्रकाशित मिति: : 2019-05-28 09:06:55

प्रतिकृया दिनुहोस्