जैतुनको तेलले मानिसको दिमाग तेज बनाउँछ, क्‍यान्सर निको पार्छ!

काठमाडौँ- तेल भन्‍नेबित्तिकै मानिसको दिमागमा फ्याट बढाउने भनेर सम्झना आउँछ। तर एउटा यस्तो तेल जसले फ्‍याट घटाउन महत्वपूर्ण मानिन्छ, त्‍यतिमात्रै होइन यसले मानिसको दिमागलाई बलियो र स्फूर्त राख्‍न अहम भूमिका खेल्दछ, त्‍यो हो जैतुनको तेल।

साधारणतया जैतुन दुई रङमा उपलब्ध हुन्छ, एउटा कालो, अर्को हरियो। दुवै रङको जैतुनको तेल बेग्लाबेग्लै रुपमा प्रयोगमा आउँनुका साथै निकै लाभदायी हुन्छ। तीमध्‍ये जैतुनलाई भर्जिन, एक्स्ट्रा भर्जिन, पियोर ओलिभ ओयल र लाम्पान्टे ओएल गरी चार भागमा विभाजन गरिएको छ।

त्‍यसमध्‍ये भर्जिन, एक्ट्रा भर्जिन, पियोर ओलिभ ओयल (जैतुनको तेल)लाई मसाज गर्न, खाना पकाउन लागि सर्वोत्कृष्ट मानिन्छ भने लाम्पान्टे ओएल इन्धनको लागि बढी उपयोगी मानिन्छ।

यसको तेलले क्यान्सरका बिरामीलाई क्‍यान्सर घटाउन मद्दत गर्छ भने मुटुको रोगीलाई अचुक औषधिको रुपमा मानिन्छ। यो तेलको नियमित सेवनले मष्तिष्क स्वस्थ बनाउनुका साथै दिमाग तेज बनाउँछ।

प्रकाशित मिति: : 2019-05-27 10:35:35

प्रतिकृया दिनुहोस्